टीभीएसले ल्यायो, १ लाख रकम उपहारका साथ दशैंको दौड अफर

label समाचार प्रकाशक query_builder September, 06 2019

धनगढी, भदौ- २० ।

 टीभीएसले दशैं तिहारका लागि नयाँ अफर ल्याएको छ । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले ल्याएको टीभीएस दशैंको दौड योजना अन्तर्गत उपहार राखिएको छ ।

अफरअन्तर्गत अनलाइनमै फर्म भरेर उपभोक्ताले मोटरसाइकल र स्कुटरको खरिदमा उपहार प्राप्त गर्न सक्ने धनगढीस्थित बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले बताउनुभयो ।

यसका लागि नजिकको टीभीएसको शोरुममा गएर मोटरसाइकल वा स्कुटर खरिद गर्नुअघि र खरिद गरिसकेपछि गरेर दुई पटक उपहार जित्ने मौका पाउनेछन् । दुबै पटक एक/एक लाख रुपैयाँसम्मको उपहार जित्न सकिनेछ ।

यो उपहार जित्नका लागि उपभोक्ताले नजिकैको टीभीएस शोरुममा गएर अनलाइन फर्म भर्नुपर्नेछ । विवरण भरेपछि मोबाइलमा कति जितेको छ भन्ने सन्देश आउँछ । कम्पनीकाअनुसार बाइक नकिन्दै फर्म भरेकै आधारमा पाँच हजारदेखि एक लाख रुपैयाँसम्म नगद राशी जित्न सकिनेछ ।

किन्नुअघि र किनिसकेपछि प्राप्त गरेको नगद छुट मोटरसाइकल किन्दा पर्ने मूल्यमा घटाइनेछ । धनगढीको हकमा बागेश्वरी अटोमोटिभ्सले टीभीएसका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्