अन्तत: लोकप्रिय हास्य टेलिश्रीखला भद्रगोल आजदेखि नयाँ शैलीमा प्रसारण हुदै

label समाचार प्रकाशक query_builder September, 06 2019

चर्चित हास्य टेलिश्रृंखला भद्रगोलबाट आधिकारिक रुपमा नै जिग्री(कुमार कट्टेल), पाँडे(अर्जुन घिमिरे) लगायतको टोली बाहिरिएको छ ।

भद्रगोल जिग्री र पाँडेको लेखन तथा निर्देशनमा तयार हुँदै आएको थियो । तर शुक्रवार(आज) देखि भने भद्रगोलमा उनीहरुलाई देख्न नपाइने भएको छ ।

हुनत गत साउनबाट नै टेलिभिजनमा भद्रगोल प्रशारणमा रोकिएको थियो । अब भने आधिकारिक रुपमा नै भद्रगोलबाट जिग्री, पाँडे, रक्षा, बले लगायतको टिम बाहिरिएको छ ।

भद्रगोल नामक कार्यक्रमको ब्राण्ड राइट मिडियाहवसँग रहेको र मिडियाहवले कलाकारलाई रकम नदिएपछि विवाद शुरु भएको थियो ।

मिडियाहबले आफूहरुलाई रकम चुक्ता नगरेको कारण काम गर्न नसकिएको उनीहरुको भनाइ छ ।

जिग्री, पाँडे लगायतले छोडेपनि मिडियाहवले भने उक्त कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

रोकिएको भद्रगोल आजबाट नयाँ कथावस्तु, नयाँ शैली र नयाँ कलाकारका साथ प्रशारण हुनेछ ।
कलाकार ज्योति काफ्ले र अशोक धिताल(वाहुन डन)को निर्देशनमा भद्रगोल नयाँ स्वरुपमा आउन लागेको ज्याति काफ्लेले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्