बझाङ जिल्लाको प्रशिद्ध धार्मीक मेलामा विर्सतीको रौनक

label डीबी विष्ट query_builder September, 06 2019

बझाङ, भदौ-२० ।
जिल्लाको दुर्गाथली गाँउपालिका र छबिसपाथीभरा गाँउपालिकाको बिच थली नौबिसमा लाग्ने बझाङ जिल्लाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सतीमेलाको तयारी भएको छ । दुबै गाँउपालिकाको आस्था र बिश्वासका रुपमा रहेको बिर्सतीमेला लाई प्रभाबकारी रुपमा मनाउन यस क्षेत्रका बसिन्दाहरुले मेलामा बिभिन्न प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरे संगै नौबिस क्षेत्रमा भने उत्साह छाँएको हो ।

पछिल्लो समयमा यूवाहरुले बिर्सतीमेला लाई भब्य र सब्य बनाउन भलिवल खेलको आयोजना , साँस्कृतिक कार्यक्रम , देउडा प्रतियोगिता , पुजा आराधना लगायत बिभिन्न मनोरन्जनात्मक र धार्मिक गतिबिधी बढाए पछि बिर्सती मेलाको अहिले चहल पहल बढ्दै गएको हो । परम्परा देखी भदौ २० गते लाग्ने यस मेला लाई स्थानियहरुले महत्व दिन थालेको हुदाँ अहिले भदौ १९ गते देखि २१ गते सम्म मेला लाग्ने गर्दछ । यस प्रसिद्ध मेलामा नौबिसको दुर्गादेबी मन्दिरमा धुमधामका रुपमा पुजा आजा हुने गर्दछ । ऐतिहासिक र धार्मिक महत्व बोकेको यस मन्दिरमा पुजा-आजा गर्न बझाङ बैतडी र डोटी देखि भक्तजनहरु आउने गर्दछन् ।

परापूर्वकालमा नै देबि दुर्गा र सुर्मा देबी अलग हुदा मन्दिर नजीकै रहेको ठूलो पाँगरको रुख सुर्मा देबिले च्यातेर लिएको रुखको आश्चार्यजनक रुखको दृष्य अहिले पनि देखिन्छ । यसका साथै मन्दिर वरपर जमिनमा राक्षसहरुले हातले माटो कोरेको अग्गा अग्ला थुम्का र खोचहरु अहिले पनि प्रष्ट देखिन्छन । जात्रामा हजारौ श्रदालु भक्तजनहरु मेला भर्न आउने हुदा पछिल्लो समयमा यस ठाँउमा मनाईने महिला देउडा खेल लाई ब्यबस्थीत र एउटै पोसाकमा देउडा खेल्ल लगाएर जात्राको सास्कृतिक महत्व लाई झन बढाएको स्थानिय समाजसेबी यूवा पुस्कर दौल्यालले जनकारी दिनु भयो । यस जात्रामा देबि दुर्गाको मन्दिरमा पुजाआजा दर्शनका साथै सयौ महिलाको सामुहिक देउडा खेल साथै स्थानिय धामी झाक्री हरुको प्रदर्षन सहित अन्य खेलकुद यस जात्राका बिषेसता हुन । साथै स्थानिय उत्पादन बिक्री बितरणका लागी पनि मेलाले जोड दिएको छ । मेला लाई ब्यवस्थीत बनाउन जाड रक्सी समेत निषेध गएिको आयोजकले जनाएको छ ।

यस बर्षको मेलामा महिला पुरुष भलिबल प्रतियोगिता ,लोकदोहोरी प्रतियोगिता र खुल्ला महिला देउडा प्रतियोगिता हुने जनाईएको छ । बझाङ जिल्लामा लाग्ने बिभिन्न मेला चाडपर्ब मध्ये नौबिसको बिर्शतीमेला जिल्लाकै प्रमुख प्रसिद्ध धार्मिक तथा ऐतिहासिक मेला मध्येको एक हो । जिल्लाको मोरी बगर बाट हिडेर चार घण्टामा पुगिने बिर्शती मेलाको जात्रा लाग्ने स्थानमा पछिल्लो समयमा भने यातायातका साधन पुगे पछि थप सहज बनेको छ । बिर्सती मेलामा खाली खुट्टा जानु पर्छ भने मन्दिर रहेको बिर्सतीका् ठुलो खेती गर्ने जमिन स्थानिय भाषामा जिउलोमा एकै दिन विउ राख्ने र रोपाई गरिन्छ भने कार्तिकमा पनि एकै पटक धान काटिने प्रचलन अहिले पनि कायमै छ । अहिले पनि जिउलामा खाली खुट्टा जानु पर्ने धार्मिक बिश्वास रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्