सुनको भाउ आज पनि घट्यो

label सुदूर खबर संवाददाता query_builder September, 08 2019

काठमाडौं, भदौ २२ । केही समयदेखि निरन्तर उकालो लागेको सुन गत हप्तादेखि केही ओरालो लागेको छ । गत शुक्रवार १४ सय घटेको सुन ७२ हजारमा कारोबार भएको थियो ।

आज(आइतबार) पनि सुनको मूल्य केही ओरालो लागेको छ । आज सुनको मूल्य ५ सय कम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रति तोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज प्रतितोला ८८५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रवार चाँदी ९ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।