झुलाघाटमा मोटरेवल पुल निर्माणको लागि अनसन

label सुदूर खबर संवाददाता query_builder September, 08 2019

बैतडी, भदौ २२ । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माणको लागि दवाव दिन बैतडीमा अनिश्चितकालिन अनसन सुरु गरिएको छ ।

जिल्ला प्रसासन कार्यालय अगाडी सुरु भएको अनसन उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको सयोजकत्वमा भएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष चन्दको संयोजकत्वमा झुलाघाट पक्की पुल निर्माण संघर्ष समिति गठन गरि रिले अनसन सुरु गरिएको हो।

झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुईदशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिँदै आएका भएपनि अहिले सम्म पक्की पुल निर्माण हुने कुनै छाँटकाँट नदेखिएको रिले अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक चन्दले बताए । वि स २०५९ सालमा दशहजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालिन सरकार र भारतीय राजदुताबासलाई ज्ञापन पत्र बुझाएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको अनसन बसेका उनले बताए ।

अनसनमा उद्योग वाणिज्य संघसंगै निर्माण ब्यवसायी संघ, यातायात ब्यवसायी संघ, पत्रकार महासंघ तथा होटेल ब्यवसायी संघले समेत ऐक्यवद्धता जनाएको छ । गोठलापानी बजारदेखि र्यालीसहित जिल्ला प्रसासन कार्यालय अगाडी कोणसभामा परिणत भइ अनसन सुरु गरिएको हो ।

ऐक्यवद्धता जनाएका सबैको प्रतिनिधित्व हुने गरी २० जना रिले अनसनमा बसेका छन् । बैतडी आएका बेला भाषणमा सबै दलका शीर्षस्थ नेताहरुले पुल बनाउने भाषण गरेको भएपनि कसैले आश्वासन पूरा नगरेको बैतडी उद्योग वाणिज्य संघले जनाएको छ । नेपाल तथा भारतको सिमानदि झुलाघाटमा पुल निर्माण भएमा ब्यापार तथा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने भन्दै विगत २ दशकदेखि माग राख्दै आएपनि सुनुवाई नभएकाले अनसन सुरु गरिएको उद्योग बाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टको भनाइ छ ।

आइतबारदेखि सुरु भएको रिले अनसन अनिश्चीतकालिन बस्ने जनाइएको छ । रिले अनसन हरेक दिन बिहान १० बजेदेखि साझ ५ बजे बस्ने बताइएको छ । झुलाघाटमा मोटरेवल पुल निर्माणको लागि सरकार पक्षवाट प्रतिबद्धता नआउदासम्म अनसन जारी रहने संघर्ष समितिले जनाएको छ ।

झुलाघाटमा पक्की पुल नभएकै कारण भारतीय धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिएको छैन् भने यो क्षेत्रमा आर्थिक गतिविधिमा समेत असर पारेको छ । झुलाघाट पुरानो नाका भएपनि नाका सुधार तथा पुल निर्माणका लागि सरकारले पहल नगरेको व्यापारी हर्क बहादुर चन्दको आरोप छ ।

भारत सरकारका तर्फबाट २०५६ सालमा पुल निर्माणका लागि सर्वे गरिएको भएपनि त्यसपछि कुनै काम अघि बढ्न सकेको छैन् । झुलाघाट मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु भएकाले पुल निर्माण भएपछि भारतसंगको व्यापारमा सहजता आउने यहाँका नागरिकको विश्वास छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।