दशै तथा तिहारको अवसरमा प्रदेशको स्थायी राजधानी तेघरीमा जि.एस.टी कप फुटबल प्रतियोगिताको आयोजना हुदै

label समाचार प्रकाशक query_builder September, 08 2019

अत्तरिया, भाद्र-२३।
सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको तेघरीमा फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका वडा नं २ मा रहेको गौरी शंकर टोल सुधार संस्थाको आयोजनामा असोज ६ गते देखि दोस्रो संस्करणको जि।एस।टी कप फुटबल प्रतियोगिता हुने भएको हो । आयोजक गौरी शंकर टोल सुधार संस्थाले आज तेघरीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी दिएको हो ।

नेपालीको महान चाड दशै तथा तिहारको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा सहभागि हुने टिमले असोज २ गते भित्र टिम दर्ता गर्ने सक्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता हुने टिमले नगद ३० हजार र उप बिजेताले नगद १५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ५०० र अन्य बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले नगद ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक लोकेन्द्र साउँदले जानकारी दिए ।

३ लाख भन्दा बढि लगानीमा संचालन भैरहेको प्रतियोगितामा सहभागि हुन चाहने टिमहरुका लागि टिम दर्ता शुल्क ३ हजार मात्रै राखिएको उनले बताए । प्रतियोगितामा बढिमा १५ ओटा टिमहरु सहभागि गराइने खेलका सह संयोजक धर्मराज जोशीले जानकारी दिए । उनले गोदावरी नगरपालिका संगै सुदुरपश्चिम भित्रका जुनसुक उमेर समुहका खेलाडीहरुको टिमले दर्ता गराउन पाउने बताए । खेलहरु गौरीशंकर टोलमा रहेको स्थानिय खेल मैदानमा खेलाइने भएको छ । पछिल्लो समय युवा पिढिहरु सकारात्म भन्दा पनि नकारात्मक क्षेत्रमा बढि फसिरहेकाले युवाहरुलाई त्यस तर्फ जानवाट बचाई खेलकुद क्षेत्रमा सहभगिता बढाउन प्रतियोगिताको आयोजना गरिएको आयोजक गौरी शंकर टोल सुधार संस्थाका अध्यक्ष पदमराज ओझाले बताए । उनले स्थानिय स्तरमै खेलाडीहरु उत्पादन गरि समग्र देश र बिदेशमा पनि खेल्न सक्ने दक्ष खेलाडीहरु निर्माण गर्न यस प्रतियोगिताले सहयोग पुग्नेमा आफुहरु विस्वस्त रहेको उनले बताए ।

गौरी शंकर टोल सुधार संस्थाले गत बर्ष पनि फुटबल र क्रिकेट प्रतियोगिताको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेको थियो । गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा अत्तरिया क्षेत्रमा बिभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रतियोगिताका मिडिया संयोजक एबम गौरी शंकर टोल सुधार संस्था सचिब हेमराज भट्टले गरेको थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्