असोज १४ देखि नयाँ नोट साट्ने व्यवस्था मिलाउँदै राष्ट्र बैंक

label सुदूर खबर संवाददाता query_builder September, 09 2019

काठमाडौं, भदौ २३ । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १४ गतेदेखि नयाँ नोट विरढा गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी बैंकहरुबाट पनि रकम सटहीको व्यवस्था मिलाउन लागेको छ । निजी बैंकहरुलाई भने निश्चित रकम मात्र उपलव्ध गराइने छ ।

राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका २० हजार रुपैयाँ उपलव्ध गराउने छ । गत वर्षहरुमा काठमाडौंस्थित बैंकिङ कार्यालयबाट मात्र सटहीको व्यवस्था गर्ने गरेको थियो । तर यसपटक सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य वैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट सटहीको व्यवस्था गर्न लागेको छ ।

नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय, न्यूरोड,पाटन, कीर्तिपुर, बालाजु र भक्तपुरबाट सटही सुविधा पाउन सकिन्छ । त्यस्तै राष्ट्र वाणिज्य बैंकको सिंहदरबार, नयाँ बानेश्वर, विशालबजार, नक्साल, टेकु र सानोठिमी, शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ । कृषि विकास बैंकको रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर र पाटनको मंगलबजारबाट नयाँ नोट साट्न मिल्ने व्यवस्था मिलाइएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।