कैलालीको हुलाकी सडकको विवाद समाधान

label सुदूर खबर संवाददाता query_builder September, 09 2019

धनगढी, भदौ २३ । कैलालीको हुलाकी सडकको विवाद समाधान भएको छ। लामो समयदेखि बशन्ता जैविक मार्ग क्षेत्रका रुखले अवरुद्ध हुलाकी सडकको विवाद समाधान भएको हो । वन मन्त्रालयले हुलाकी राजमार्ग आयोजनाको धनगढी स्थिति योजना कार्यालयलाई त्यस क्षेत्रका १ सय २१ वटा रुहरु काट्न अनुमति प्रदान गरेको छ ।

के थियो विवाद ?
कैलालीमा मुख्यगरी बशन्ता क्षेत्रमा रहेका १ सय २१ वटा रुखहरु बाधक बनेका थिए । तर आयोजना कार्यालयले केही दिन अघि मात्रै केन्द्रबाट रुख कटानीका लागि अनुमति पाइसकेको हसलाकी राजमार्ग आयोजना योजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए ।

चैत्र भित्रै काम सम्पन्न गरिसक्ने दाबी
पहिलोपटकको सम्झौता अवधि सकएपछि उक्त सडक अन्तरगत अहिले चैतसम्म म्याद थपेर काम भइरहेको छ । कैलाली कञ्चनपुरमा सडकको विवाद सबैतिर समाधान भइसेकाले अब चैत्र भित्रै काम सम्पन्न गरिसक्ने उनले दाबी गरे ।

हुलाकी सडक अन्तरगत कैलाली कञ्चनपुरमा पर्ने विभिन्न ५ वटा पुलहरुको काम पनि लामो समय देखि अलपत्र परेको भएपनि अहिले ४ पुलको काम सम्पन्न भइसकेको र कान्द्र पुलको बाँकी काम सन्तोषजनक रुपमा अघि बढेको मडैले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।