प्रचार प्रसार को अभाव झैल्दै सिगास मन्दिरका लागि स्थानिय सरकारलाई राजेन्द्रका सुझाव !

label समाचार प्रकाशक query_builder September, 09 2019

अमेरिकी लेखक जिम रोनको भनाइ छ “तिमी आफ्नो गन्तव्य रातारात बदल्न सक्दैनौ दिशा फेर्न सक्छौ।”
स्थानीय सरकार लाई के मतलब ? कुन गन्तव्य मा हामी हिड्दै छौ भनेर । सन् २०२० को भ्रमण बर्ष मा २० लाख पर्यटक भित्र्याउने विश्वास संघीय सरकारले लिएको छ। संख्या ठूलो हो वा होइन छलफल भएको छैन ।
गन्तव्य छनोट को क्रम मा सरकारले स्वर्ग को ठेगाना खल्ती मा हालेर नर्क को बाटो हिडे जस्तो गरेको छ । पर्यटकिय क्षेत्र मा पर्नु पर्ने कैयौ क्षेत्र छुटेको छन् ।
यस्तै बैतडीको सिगास गाउँपालिका को प्रमुख धरोहर को रूपले चिनिने साथै सुदूर पश्चिम प्रदेश को पनि मुख्य धरोहर प्रचार प्रसार को अभाव झैल्दै आएको छ । न त कुनै पनि संघीय सरकारले हेरेको छ न त कुनै प्रदेश सरकार ले नै ।

हुन त सिगास गाउपालिका मा अन्य थुप्रै पर्यटकीय संभावना बोकेका धार्मिक र सांस्कृतिक तथा ऐतिहासिक स्थल को पनि कमी छैन “कुम्भ को केदार ठूलो शिरको शिगास” भन्ने मान्यता बोकेको यो मन्दिर धेरै धार्मिक , सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको मन्दिर हो। समुन्द्री सतह बाट कति उचाइमा रहेको छ भन्ने यकिन नभएपनि उचो डाणो मा रहेको शिब जी को मिठो नै सिगास मन्दिर हो यो मन्दिर बाट हिमाल पहाड र तराई का बिभिन्न भूभाग र भारत को उत्तराखण्ड कुमाउ नैनी ताल सम्म देख्न सकिन्छ साथै उक्त मन्दिर बाट नै डडेल्धुरा को उग्रतारा भगवती को पनि दर्शन गर्न सकिन्छ ।

परापूर्वकाल देखि नै शिर को सिगास नाम ले चिनिने उक्त मन्दिर को वरिपरि जंगल र बिशेष गरी उक्त जङ्गल मा २५ प्रकार सम्म का जडिबुटी पाईने पनि बताईएको छ । यति सम्भावना रहेको सिगास मन्दिर को बिकास गर्न स्थानीय सरकार ले अलिकति चासो देखाएको भए पनि स्थानीय सरकार ले प्रदेश सरकार र संघीय सरकारलाई पर्यटकिय र धार्मिक आस्था बोकेको श्री शिगास मन्दिर बारे घचघच्याएको सुनिँदैन ।
हुन त अहिले गाउँ गाउँमा सिंहदरबार को नारा लिएर स्थानीय सरकार आई सकेको अवस्थामा पनि शिगास मन्दिर ले न त मुहार नै फेर्न सकेको छ न त कुनै पर्यटक को पनि आवागमन भएको छैन साँच्चै भन्ने हो भने अझ पर्यटक आगमन मा कसरी बिकास गर्न सकिन्छ भनेर पनि स्थानिय सरकार ले सोचेको पाइदैन ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको शिगास मन्दिर ओझेलमा पर्ने संभावना बढिरहँदा सिगास गाउपालिका मा रहेका यूबा हरू ले चासो नदेखाएको पनि होइन तर यूबा हरू को यो काम मा स्थानीय सरकारले पनि खासै चासो नदेखाएको पनि पाइन्छ। सिगास गाउपालिका स्थायी बसोबास भएका र हाल मजदुरी को क्रममा तेस्रो मुलुक मा रहि श्री शिगास मन्दिर को विकास होस् र पर्यटन बिकास होस् भन्ने उद्देश्यले रघुवीर सिँह साउदको अध्यक्षतामा पर्वासी सिगास बिकास मञ्च संस्था खोली शिगास मन्दिर को नजिकै पक्की धर्मशाला को भवन को निर्माण समेत गरेका छन् ।

पर्यटन क्षेत्र मा सरकार हल्ला मै रमाउछ। काम देखाउन काम गर्छ । चाहिने ठाउँमा खर्च छैन राज्य को रकम अनावश्यक कुरा मा बढी खर्च हुने गरेको छ । खासगरी स्थानीय समुदाय सँग सहकार्य बिना कुनै पनि काम बन्दैन त्यसको अपनत्व पनि हुदैन । प्रबर्द्धन सामग्री मा स्थानीय अनुहार झल्कदैन।

बिशेष गरी हाम्रो स्थानीय सरकार अहिले समुदायको सहकार्य बिना नै गन्तव्य मा जान खोज्दै छ । यदि स्थानीय सरकार ले स्थानीय समुदाय पर्यटन मैत्री छ कि छैन ? पूर्वाधार के के छन ? यातायात सञ्जाल कस्तो छ ? पर्यटले अन्यत्र नपाउने के पाउछन? ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्व के छ ? प्रकृति र पर्यावरण कस्तो छ ? माहोल र मौसम कस्तो छ ?मन भुलाउने ठाउ छ कि छैन ? सहयोगी सुबिधा के कति छन् ? यी यस्ता थुप्रै समस्या समाधान गर्न सके सिगास गाउपालिका को धरोहर तथा सुदूरपश्चिम कै धरोहर “श्री शिगास” मन्दिर धार्मिक , सांस्कृतिक र ऐतिहासिक र पर्यटकिय संभावना ले सम्पन्न हुने मेरो बुझाई रहेको छ ।

त्यस्तै ले श्री सिगास मन्दिर को विकास गर्न साथै सिगास गाउँपालिका लाई आर्थिक रूपमा सम्पन्न गर्न साथै पर्यटन विकास गर्नका निम्ति सिगास गाउपालिका का नौ वटै वडा र स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकार ले चासो देखाउनुपर्ने मेरो बयक्तिगत बुझाई रहेको छ ।
पर्यटन बिकास गर्न , मौलिकता पहिचान गर्न, बातावरण बिगार्ने बस्तुको निषेध गर्न स्थानीय सरकार ले चासो देखाओस शुभकामना ।।।

तपाईंको प्रतिक्रिया दिनुस्