बेवारीसे बन्दै चैनपुर नजीकैको ‘बारील झरना’

label समाचार प्रकाशक query_builder September, 09 2019

बझाङ, भदौ – २३ ।
हेर्दा आर्कषक र लोभ लाग्ने बारील झरना उचित प्रचार प्रसार र संरक्षणको अभावका कारण बेवारीसे जस्तै बनेको छ । जय पृथ्बी नगरपालिका -९ बारीलमा पर्ने बारील झरना सदरमुकाम चैनपुर नजिकै रहेको भए पनि स्थानिय सरकारले कुनै पनि बास्ता नगरेका कारण बेवारीसे जस्तै बनेको हो ।
यो झरना संरक्षणका लागी स्थानीय सरकार देखी प्रदेश र केन्द्र सरकारको समेत ध्यान जान आवष्यक रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
हाम्रो पँहुच नभएका कारण झरना ओझेलमा परेको स्थानीय बासिन्दा पुरन गिरीले बताए । उनले भने आफैले लगानी गर्न सकीदैन । स्थानिय सरकार देखि केन्द्र र प्रदेश सरकारले यसका कुनै चाँसो ब्यक्त नै गर्दैनन् । अन्य ठाउँमा यो झरना भएको भए अहिले सम्म आन्तरिक तथा बाह्रय पर्यटक को घुईचो लाग्नुका साथै स्थानियले रोजगारी समेत पाउन्थे । गिरी भने अहिले आन्तरीक पर्यकटकहरु त धेरै आउन्छन् । यसलाई ब्यावस्थि तगर्न अलिकति मात्रै स्थानीय सरकारले चाँसो दिने हो भने धेरै राम्रो हुन्थ्यो । यस प्रति स्थानीय निकायले चाँसो ब्यक्त नै गरेको छैन । हाम्रा लागी त यो झरना अझै पनि बोझ बन्दै गएको गिरीले बताए । धेरै मान्छेहरु आउन्छन् साधपुछ गर्छन् तर झरना सम्म पुग्ने बाटो देखाउने साईन बोर्ड मात्रै राख्न सके पनि धेरै राम्रो हुने उहाँको भनाई छ ।

संरक्षण अभावमा रहेको बारील झर्ना तस्बीर जगत खड्का

गाँउ नजीकै भएकाले यो झरना सधै भरी सुस्केरा हाली बगी रहन्छ । माथिल्लो गाउँ बारीलका केहि स्थानीय बासिन्दाले मरेका पशु चौपाया झरनामा फ्याँक्ने रपछिल्लो समयमा झरना दुर्गन्धीत बन्दै जान थालेको यहाँका स्थानीय बासिन्दाको भनाई छ । झरना हेर्न जाने सबै ब्यक्तीहरुले यही फोहोर फाल्ने गरेका कारण झरना कुरुप बन्दै गएको छ ।
सानो छदा गोठालो गएर बारिल झरना नजिक बसेर झरना को सुसेरा संगै बिभिन्न भाकामा गीत गाउँदा निकै आनन्द आउने हुन्थ्यो । मनको बह पोख्दा मन हलुका हुने गरेको भए पनि पछिलो समयमा झरनाको बिषयमा कसैले चाँसो नदिदा जस्ताको त्यस्तै रहेको जय पृथ्बी नगरपालिका १० खेईराका जयलाल कुवंरले बताउनु भयो । पहिले त झरना सफा हुन्थ्यो । आनन्द पनि आउन्थ्यो उनले भने अहिले झरनाको बरपर र माथि पट्टी रहेका बोट विरुवाहरु काटीएका कारण उजाड जस्तो देखीन्छ ।

संरक्षणको माग राख्दै पर्यटक स्थलको रुपमा घोषणा गरिनु पर्छ भनेर नगरपालिकामा दुई पटक गाउँले गए पनि कसैले पनि गाँउलेहरुको कुरा नसुनेको गाँउलेहरुले गुनासो गरेका छन् । बारील झरना आफनो घर नजिकै छ यसको संरक्षण गर्न बिरुवा रोपेर सामुदायिक बनमा लैजाने निति बनाएको वडा नम्बर ९ का वडा अध्यक्ष नवराज कोईरालाले बताए । झरनाको संरक्षणका लागी वडामा आएको बजेटले झरना नजिकै पर्यटक आउन सजिलो होस भनेर सडक कटना गरेको र नगर परिषदमा बारील झरनाको संरक्षण र पर्यटक स्थलको रुपमा लैजानु पर्छ भन्दै बजेटको ब्यबस्था गरियोस भने प्रस्ताव समेत आफुले राख्नै आएको अध्यक्ष कोईरालाले बताउनु भयो । यस विषयमा जयपृथ्वी नगरपालीकाले चाँसो नदेखाएको आफुले पाएको उहाँले बताउनु भयो ।
सदरमुकाम चैनपुर देखि १५ मिनेटको दुरीमा रहेको बारील झरना कसैको पनि आँखा नलाग्दा र्बषौ देखि जस्तोको त्ययस्तै छ । झर्ना हेने र मनोरञ्जन लिन पुगेकाहरु पनि कुनै पनि ब्यबस्था नहुदा खन्नि भए फेता हुने गरेका छन ।

तपाईंको प्रतिक्रिया दिनुस्