बैतडीमा विप्लवका दुई विद्यार्थी नेता पक्राउ, निसर्त रिहाइको माग (विज्ञप्ति सहित)

label समाचार प्रकाशक query_builder September, 09 2019

बैतडी, भदौ- २३ ।
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपा समूहको विद्यार्थी संगठनका २ जनालाई बैतडीवाट पक्राउ गरिएको छ । पक्राउ गरिनेमा नेकपा समूहको विद्यार्थी संगठन अखिल क्रान्तीकारीका दार्चुला जिल्ला संयोजक ध्वनी धामी र खगराज नेपाली रहेका छन् ।
दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको हो । उक्त विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिनुभयो । पक्राउ गरेका दुवैजनामाथि बैतडी जिल्ला अदालतवाट अभद्र व्यवहारको मुद्धा चलाई अनुसन्धानको लागी १० दिनको म्याद थप गरिएको उहाँले बताउनुभयो ।


यसका साथै पक्राउ परेका दुईजनासंगै अन्य सात जनालाई पनि नियन्त्रणमा लिइएको भएपनि उनीहरु बालबालिका रहेकोले आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यसैबिच पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुठो मुद्दामा फसाउन खाजेको भन्दै अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले सोमवार एक विज्ञप्ती जारी गर्दै बिनासर्त ससम्मान रिहाइ नगरे निर्मम संघर्ष गर्ने जनाईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्