संविधान दिवस डडेल्धुरामा विविध कार्यक्रम गरी मनाइने

label सुदूर खबर संवाददाता query_builder September, 09 2019

डडेल्धुरा, भदौ २३ । डडेल्धुरामा संविधान दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ। जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको अध्यक्षतामा सोमबार बसेको बैठकले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो।

जिसस प्रमुख भट्टको अध्यक्षतामा २१ सदस्यीय संविधान दिवस जिल्ला समाहरो समिति गठन गरिएको छ। असोज १ गते बिहान जिल्ला समन्वय समिति डडेल्धुरा प्रमुख र प्रमुख जिल्ला अधिकारीका बीचमा मैत्रीपूर्ण फुटबल र दिउँसो भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ।

संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको थियो। संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर तीनदिनसम्म संविधान दिवस मनाइँदै आइएको छ।

असोज २, ३ र ४ गते सबै सरकार कार्यालयहरु, राजनीतिक दल, विभिन्न संघसंस्थाहरु, नागरिक समाज एवं वुद्धीजिवीलगायत सम्वूर्ण नगरबासी तथा जिल्लाबासीहरुले आफ्नो ठाउँ तथा घरमा साँझ दिपावली गर्न बैठकले सबैमा अनुरोध गरिएको छ।

दिवसको अवसरमा असोज २ गते अमरगढी नगरपालिका उद्योग वाणिज्य संघको समन्वयमा अमरगढी नगर क्षेत्रमा विषेश सरसफाइ गरिने भएको छ। असोज ३ गते बिहान ८ बजे स्थानीय बसपार्क बागबजारबाट राष्ट्रिय झण्डासहितको प्रभातफेरी कार्यक्रम सुरु गरी जिल्ला समन्वय समिति डडेल्धुराको प्राङ्गणमा एक समाहरोकाबीच औपचारी कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको छ। दिवसकै अवसरमा असोज ४ गते बिहान ८ बजे डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ।

असोज २, ३ र ४ गते ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने जस्ता नाराहरुसहित संविधान दिवस २०७६ भव्यताका साथ मनाउने भन्ने सन्देश प्रसारण गर्न जिल्लास्थित रेडियो तथा पत्रपत्रिकालाई अनुरोध गरिएको छ। असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमहरु सम्पन्न गरी संविधान दिवसलाई भव्यताका साथ मनाउन सबै स्थानीय तहहरुलाई जिल्ला समन्वय समितिले आग्रह गरेको निमित्त जिल्ला समन्वय अधिकारी कृष्णदेव जोशीले जानकारी दिए।

जिल्ला स्तरीय बैठकमा जिसस प्रमुख गणेशराज भट्टसहित अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट, नवदुर्गाका अध्यक्ष कविन्द्र विष्ट, गन्यापधुराका अध्यक्ष नवलबहादुर मल्ल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।