ओली र नेपालबीच बाेलचाल नै बन्द

label सुदूर खबर संवाददाता query_builder September, 10 2019

काठमाडौं, भदौ २४ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन। ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन। उनीहरुबीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो।

नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बाझाबाझ परेको थियो। बैठकै असामान्य हुने अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतमलगायत नेताले हस्तक्षेप गरेका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा छ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।