दिनदिनै छलफलमा दाहाल–ओली

label सुदूर खबर संवाददाता query_builder September, 10 2019

काठमाडौं, भदौ २४ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफलमा छन् ।

सिंगापुरबाट फर्किएलगत्तै शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर दाहालले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका थिए ।

त्यसपछि भने ओली–दाहालले भेट तीव्र बनाएका हुन् । स्वास्थ्य उपचारमा जानुपूर्व दुई अध्यक्षबीइच आक्कलझुक्कल मात्र पार्टी र सरकारका विषयमा छलफल हुने गरेपनि पछिल्ला दिनमा दुई अध्यक्षबीचको निरन्तर भेटघाट र छलफललाई पार्टीभित्र अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।