बेलायतमा प्रधानमन्त्रीको प्रस्ताव लगातार अस्विकार

label सुदूर खबर संवाददाता query_builder September, 10 2019

काठमाडौं, भदौ २४ । बेलायती सांसदहरुले आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्विकार गरेका छन् । प्रधानमन्त्री जोनसनको निर्वाचन गराउने प्रस्तावलाई सांसदहरुले फेरि पनि अस्विकार गरेका हुन् ।

प्रधानमन्त्री जोनसनले निर्वाचन गराउनका लागि संसदमा लगेको यो दोस्रो प्रस्ताव हो । निर्वाचन गराउनका लागि संसदमा त्यसको प्रस्तावमा तल्लो सदनको ४३४ मतको आवश्यकता पर्छ ।

तर, प्रधानमन्त्री जोनसनको प्रस्तावको पक्षमा २ सय ९३ जना सांसदहरुले मात्र मतदान गरेका थिए, जुन आवश्यक संख्या भन्दा कम हो ।

यसअघि विपक्षी सांसदहरुले ब्रेक्जिट सम्झौताअघि नबढाउने कानून पारित गर्नुपर्ने दवाव दिँदै आएका छन् । तर प्रधानन्त्री जोनसनले आफू कानुनी प्रक्रिया अनुसार नै अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।