वृक्षारोपण गरेर नेवि संघले मनायो बिपीको जन्मजयन्ती

label सुदूर खबर संवाददाता query_builder September, 10 2019

काठमाडौं, भदौ २४ । नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपी कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर मंगलबार त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण गरेको छ । त्रिभुवन विश्वविद्यालय परिसरमा नेपाल विद्यार्थी संघले करिब तीन सय रुख रोपेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री एनपी सावदको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाह विशिष्ट अथिती रहेका थिए ।

नेता साउदले बिपीको बाटोमा हिँडे मात्रै देश समृद्ध र सुखी नेपाली हुने बताए । उनले कांग्रेसले कोइरालाको जन्म जयन्ती मनाउँदा गर्व गर्नुपर्ने पनि जिकिर गरे । कार्यक्रममा प्रतिपक्ष दलका विद्यार्थी संगठनहरुका नेताको पनि सहभागी रहेको थियो । सहभागी विपक्षी दलका विद्यार्थी संगठनका नेताहरूले बिपी कोइराला दुरदर्शि नेता भएको भन्दै कोइरालाको समाजावाद खुलेरै प्रसंसा पनि गरेका थिए ।

अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी यूनियन अध्यक्ष प्रविन मिश्र, अखिल वैद्यका महासचिव पेशल दहाल, अखिल ( गोपाल किराती ) महासचिव सुन्दर रायमाझी, समाजवादी विद्यार्थी यूनियनका उपाध्यक्ष विवेक ओली, नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन यादव, सह महामन्त्री प्रेमराज जोशी, त्रिभुवन विश्वविद्यालयका नेपाल विद्यार्थी संघा पूर्व अध्यक्ष शंकर पौडेल, नेपाल आधिवाशी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पालगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।