युवा छन्दकवि भुपी सरोवर को कविता !

label समाचार प्रकाशक query_builder September, 10 2019

कविता  :- `चम्पा´
छन्द : शार्दूलविक्रीडित

को होला मनमा बसेर मुटुको, ढोका लगाईदिने
तिम्रै हूँ म सधैं भनेर भुपिको ,आशा जगाईदिने
यसोरी मनमा सुटुक्क पलमा ,राजै गरी रञ्जनी
कस्ती छिन् गुणमा सुगन्ध रसिली,पुष्पालता रागिनी
।।१।।

जूनेली अनुहार चट्ट गुणकी , देखिन केही कमी
आहा!देख्छु सुवास खास बहने,चम्पा चमेली तिमी
यसै सुन्दर धेर लोक दुनियाँ, त्यसै तिमी छौ परी
लोभै लाग्छ तिमी सधै भरि उसै,मुस्कानले सुन्दरी
।।२।।

कैले छाल बनेर आउछ नदी , रुझे कपासै सरी
तिम्रो प्यार अपार बढ्छ मनमा,सम्हाल्नु खै के गरी
पीडाको सब ओखती अधरमा ,बोकेर हाँसो सदा
काखैमा बस लौ तयार म भए ,हे मेरि प्यारी सुधा
।।३।।

मायाको बलियो तनक्क कसिलो,डोरी अझै कस्दिनु
मेरी हौ अब उर्वशी हर जुनी,टाढा नभै बस्दिनु
नाता हो पिरती अनन्त मुटुको,आशा भरोसा ममा
मात्रै हुन्छ भनेर आउ दिलमा , हे मेरि प्यारी लता
।।४।।

देख्दै चट्ट परेर सुन्दर परी , हे स्वर्गकी सुन्दरी
सारा प्यार लिएर काख भरिद्याै,लौ सुस्तरी सुस्तरी
चिन्ता क्यै नगरेर आउ दिलमा , नाचेर लौ रागमा
बाँधी राख्छु जुनी अनन्त पिरती,आए तिमी काखमा
।।५।।

भुपी सरोवर
सिगास ०३ बैतडी
हाल : सिन्धुपाल्चोक
मिति : २०७६-०५-२१

तपाईंको प्रतिक्रिया दिनुस्