गजल

label समाचार प्रकाशक query_builder September, 10 2019

सत्यभाव र सत्कर्मले मान्छे जुट्छ साथी
आफन्त र भाई फुटे पराइले लुट्छ साथी

सोझा साझा निर्धा माथी दमन गरेपछि
भित्र भित्रै ज्वालामुखी आफै फुट्छ साथी

सोझालाई घुमाएर सबै जित्छु भन्नेहरू
समयको चक्रसँगै सधै यहाँ टुट्छ साथी

बादलुमा फूल रोप्ने झुटो स्वप्ना बाँडे पछी
नयाँ नयाँ विचारले जिन्दगी मा कुट्छ साथी

झुटो सपना बाँडी बाँडी गुमराहमा राख्नेहरु
शिखरमा न पुगेरै धरातलमा छुट्न साथी

लक्ष्मीदत्त भट्ट
धनगढी, कैलाली

तपाईंको प्रतिक्रिया दिनुस्