छन्द कवि रितु खनालको कविता -भ्रमण कुसुम

label समाचार प्रकाशक query_builder September, 10 2019

छन्द – शिखरिणी 

फुली बास्ना छर्दै कुसुम दुलही साैरभ छरी
दुलाहा ढल्केकाे भ्रमर रसिलाे गायन गरी
तिमी मेरी प्यारी विहसित मुना भन्छ भमराे
जता छाेयाे छाम्यो वदनतिर जाँदै छ पहराे

दुवै आँखा पारी अनलसरिका हेर्छ मतिर
म लाेहाकी टुक्रा सरसर हिंडें चुम्बकनिर
उठायाे बत्तीझैं झलमल हुने चट्ट चिउँडाे
भयाे मेराे आत्मा चहचह तथा खास जिउँदाे

म लाेटें काखैमा नयन दुइटै झम्झम भए
नसा मेरा जम्मै वदन धमनी जम्जम रहे
ममामात्रै हेरी सुँडसित सबै चुम्छ भमर
यसाे छाम्दाछाम्दै रसबस भए लाल अधर

दुवै मस्ताना भै प्रणय सुखमा सिञ्चित भई
मिटाए संतृष्णा चरमसित आनन्दित रही
कतै फुत्कूँ भन्दा पनि अझ बढी कस्दछ कटी
छ माया उम्लेकाे भकभक कहाँ जानु र हटी ?

यसाे गर्दागर्दै समय सकिएछन् दिनभर
लजाएझैं लाग्याे गगनतिरका ती दिनकर
घुरी हेर्छिन् सन्ध्या मतिर किन हाे रुष्ट रजनी
उठी पूजा गर्छे भमरवरमा नेक सजनी

रितु खनाल घोराही,दाङ

तपाईंको प्रतिक्रिया दिनुस्