नगदसहित सुन चोरी अभियोगमा युवक पक्राउ

label सुदूर खबर संवाददाता query_builder September, 11 2019

सोलुखुम्बु, भदौ २५ ।  सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत रहेका छन् ।

स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा राखेको एक तोला सुनको सिक्री, एक तोलाको औठी, आधा तोलाको अर्को औठी र कतारी एक रियल चोरेर भागेका थिए ।

उनलाई तामाखानी प्रहरी चौकीका प्रहरी हबल्दार विनोद केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा स्थानीय एक होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उनको साथबाट लागुऔषध गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।