युरोकप छनौटमा इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी

label सुदूर खबर संवाददाता query_builder September, 11 2019

काठमाडौं, भदौ २५ । युरोकप फुटबल छनौटका खेलहरुमा इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी भएका छन् । गएराति भएको समुह ‘ए’ को खेलमा इंग्ल्याण्डले कोसोभोलाई ५–३ ले हराउँदा चेक रिपब्लिकले मोन्टेनेग्रोमाथि ३–० को जित निकाल्यो ।

समुह ‘बि’ को खेलमा पोर्चुगलले लिथुआनियालाई ५–१ ले हरायो । उसका लागि क्रिश्चियानो रोनाल्डोले ४ गोल गरे । यही समुहको अर्को खेलमा सर्वियाले लक्जेम्बर्गलाई ३–१ ले पराजित गर्‍यो । समुह ‘एच’ को खेलमा फ्रान्सले एन्डोरालाई ३–० ले हराउँदा टर्कीले माल्दोभामाथि ४–० को तथा अल्बानियाले आईसल्याण्डमाथि ४–२ को जित निकाल्यो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।