सीपीएल : गेलको शतक खेर गयो, प्याट्रियट्सको शानदार जित

label सुदूर खबर संवाददाता query_builder September, 11 2019

एजेन्सी । वेष्ट इण्डिजमा जारी क्यारेबियन टी-ट्वान्टी क्रिकेट लिग (सीपीएल) क्रिकेटमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले शानदार जित निकालेको छ ।बुधबार बिहान भएको खेलमा जमैका ताल्लवाहलाई ४ विकेटले पराजित गर्दै प्याट्रियट्सले शानदार जित निकालेको हो ।

जमैकाले दिएको २४२ रनको फराकिलो लक्ष्य प्याट्रियट्सले १८ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । योसँगै प्याट्रियट्सले टी-ट्वान्टी क्रिकेटमा दोस्रो सर्वाधिक उच्च रनको लक्ष्य पुरा गर्न सफल भएको छ ।

प्याट्रियट्सको जितमा डेभोन थोमसले ७१ रन जोडे । यस्तै इभान लेविस ५३ रन बनाए । जमैकाका ओसाने थोमसले ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको थियो । जमैकाको लागि क्रिस गेलले ११६ रनको शतकीय इनिङ्स खेले । यस्तै चाडविक वाल्टनले ७३ रन बनाए ।

प्याट्रियट्सका फाबियन एलेन र अल्जारी जोसेफले २/२ विकेट लिए । जमैकालाई हराएसँगै प्याट्रियट्सले लिगमा पहिलो जित समेत दर्ता गरेको छ । प्याट्रियट्सले ३ खेलमा २ अंक जोडेको छ । जमैकाको यो दोस्रो हार हो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।