अत्तरियामा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण

label सुदूर खबर संवाददाता query_builder September, 11 2019

अत्तरिया, भदौ २५ । कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको सुदूरपश्चिम माध्यामिक विद्यालय उत्तर वन खेतका कक्षा ९ र १० का छात्रछात्रा विद्यार्थीलाई मानव बेचबिखनविरुद्ध  जानकारी गराइएको छ ।

थ्रि एन्जल्स नेपालको आयोजनामा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पछिल्लो समयमा जुन किसिमको मानव बेचबिखन बढी रहेको अवस्थामा कस्ता किसिमका प्रलोभन देखाउ छन् भन्ने विषयहरुमा विधार्थीहरुलाई ५ समूहमा विभाजन गरेर अभिमुखीकरण गरिएको थियो ।

विद्यार्थीलाई ५ भागमा विभाजन गरी उत्कृष्ट समूहलाई पुस्कार समेत दिएको थियो ।

कार्यक्रमको प्रशिक्षण सुदूरपश्चिम प्रदेश संयोजक वीरबहादुर विक थ्रि एन्जल्स नेपालका कर्मचारी आशिष सुनार र माया डोल्मा गुरुङ्गहरुले दिएका थिए ।

   

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।