लाईभ दोहोरीमा कमला घिमिरे र राजु परियारको दोहोरीले सबै रेकर्ड तोड्यो ! कसैले नसोचेको यस्तो रेकर्ड बनायो (भिडियो हेर्नुस)

label shishir query_builder September, 11 2019

धादिंगको सांकोषमा फुलेको एउटा प्रतिभा जस्ले पछिल्लो समय सामाजिक सन्जाल र युटुब मिडियामा आफ्नो प्रतिभाले सबैलाई चकित पारिरहेकी छिन् । कमला घिमिरे नानीको पछिल्लो लाईभ दोहोरी भिडियोले युटुबमा रकेर्ड बनाएको छ । राजु परियारसंग उनले इन्द्रेणी कार्यक्रममा गाएको गज्जबको दोहोरीले २ दिनमै १३ लाख भन्दा बढि भ्युज पाईसकेको छ । कुनै पनि लाईभ दोहोरीको भिडियोले १० लाख भन्दा माथिको भ्युज पाएको यो पहिलो पटक हो ।

दर्शकबृन्द धादिंगको सांकोषमा भएको एक तीज कार्यक्रममा ११ बर्षे कमलाले रहर गर्दै आफ्नै गाउंका दाई अमृत सापकोटासंग म पनि दोहोरी गाउंछु भन्दै गलबन्दी भाकामा रमाईला टुक्काहरु प्रयोग गर्दै दोहोरी भिडिन् । उक्त भिडियोलाई मोबाईलले खिचेर अमृतले आफ्नो युटुब च्यानलमा राखे । पछि फेसबुकमा कमलाको उक्त भिडियो यसरी भाईरल भयो कि अमृतले पनि सोचेका थिएनन् त्यसो होला भनेर ।अहिलेसम्म यो सानो उमेरमा यस्तो क ला बोकेकी नानीलाई नदेखेका सारा नेपालीले उनको कलाको सम्मान गर्दै भिडियोलाई सक्दो शेयर गरे । पछि उनको घरसम्मै बिभिन्न युटुब च्यानलका साथीहरु पुगे । भाईरल भईसकेकी कमलालाई अझै चर्चामा ल्यायन ती भिडियोहरुमा उनले गाएको अरु थप दोहोरीका भाकाहरुले सहयोग पुर्यायो ।

तपाईंको प्रतिक्रिया दिनुस्
Avatar

shishir