डोटीमा एक युवक मृत अवस्थामा फेला

label झलक पाली query_builder September, 11 2019

डोटी, भाद्र- २५ । डोटीमा एक युवकको शव मृत अवस्थामा फेला परेको छ ।
पुर्विचौकी गाउँपालिका वडा नं. ५ धानुकाँडा घर भएका ३७ वर्षिय पुरन धानुक स्थानीय गण्डीगाड खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमूख इन्स्पेक्टर सुरेन्द्र बमले जानकारी दिए ।
मृतक धानुक खोलामा बगेर १५ सय मिटर तल मनना भन्ने ठाउँमा भेटिएको बुधबार मध्यान्ह १२ बजेतिर प्रहरीलाई खबर गरिएको भए पनि घटनास्थलमा मान्छे बगाउने खालको खोला नरहेको प्रहरीले जनाएको छ ।
गाउँबाट भैसी गोठ (खर्क अर्थात स्थानीय भाषामा छाना) जाने क्रममा गण्डीगाड मा बगेर मृत्यु भएको स्थानीयको भनाई छ ।
घटना स्थलमा मुचुल्का र विस्तृत अनुसन्धानका लागि सानागाउँ प्रहरी चौकीबाट असइ हिराशंकर उपाध्याय नेतृत्वको टोली घटनास्थलमा रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्