सिटिईभिटी सुदूरपश्चिम प्रदेशले खोल्यो रिक्त रहेको डिप्लोमा/प्रमाणपत्र तहको निशुल्क छात्रबृतीका लागि सूचना ! (सूचना सहित)

label समाचार प्रकाशक query_builder September, 11 2019

प्राविधिक शिक्षा तथा व्यावासायिक तालिम परिषद सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढी कैलालीको शैक्षिक सत्र २०७६।०७७ का लागि बिभिन्न कार्यक्रममा रिक्त रहेका बग्रिकृत (नि:शुल्क) छात्रबृतीका लागि आवेदन दिने सम्बन्धी सूचना जारी गरेको छ ।

उपर्युक्त सम्बन्धमा प्राविधिक शिक्षा तथा व्यावासायिक तालिम परिषद परीक्षा नियन्त्रण कार्यालयबाट बग्रिकृत (निशुल्क) छात्रबृती कोटामा अध्ययनका लागि यस प्रदेश अन्तर्गत शिक्षण संस्थामा भर्नाहुन जान सिफारिस भएका मुख्य परीक्षार्थीहरु तोकिएको म्यान भित्र नगई तपसिल अनुसारका शिक्षण संस्थाहरुमा निम्नानुसारका कोटाहरु रिक्त रहन गएकोले प्रवेश परीक्षा संचालन छात्रबृति विवरण एवम् भर्ना सम्बन्धी निर्देशिका २०७४ को ७.१.३ को ‘आ’ अनुसार सिफारिस गर्नका लागि सम्बन्धित कार्याक्रम र शिक्षण संस्थामा अध्ययन गर्न ईच्छुक वैकल्पिक लिष्टमा रहेका सम्बन्धित परीक्षार्थीहरु यो सूचना प्रकाशित भएको ७ दिन भित्र (२०७६।६।१ कार्यालय समय भित्र) परिषद प्रदेश कार्यालयमा आवेदन दिनहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । म्याद भित्र पेश नभएका आवेदनहरुमाथि कुनै कार्वाही नहुने ब्याहोरा जानाकरी गराईन्छ ।

रिक्त रहेका कोटाहरु, कार्यक्रम र शिक्षण संस्थाहरु

सूचनामा यस्तो भनिएको छ ! जस्ताको तेस्तै :


१. बिरेन्द्र मा.बि. शाहिलेक बैतडी, डिप्लोमा ईन कम्प्यूटर साईन्स – १ खुल्ला
२ मालिकार्जुन मा.वि. मड दार्चुला, डिप्लोमा ईन सिभिल,२ जनजाती ङ
३ जन प्रकाश मा.वि. कोल्टी बाजुरा, डिप्लोमा ईन सिभिल,२ जानजाति ङ
४ महेन्द्र नमूना मा.वि. दार्चुला, डिप्लोमा ईन सिभिल,१ खुल्ला
५ टिकापुर पोलिटेक्निक ईन्स्टिच्यूट टिकापुर कैलाली, डिप्लोमा ईन सिभिल, १ खुल्ला
टिकापुर पोलिटेक्निक ईन्स्टिच्यूट टिकापुर कैलाली, डिप्लोमा ईन फरेष्ट्री, ३ लक्षित र साधारण समूह
६ मालिका मा.वि. मार्तडी बाजुरा, डिप्लोमा ईन सिभिल, १ अन्य महिला
७ गोकुलेश्वर मा.वि. दार्चुला, डिप्लोमा ईन सिभिल, ३ खुल्ला,जनआन्दोलन, मधेशी
८ कुलाउ मा.वि. पञ्चेश्वर बैतडी, डिप्लोमा ईन बालि विज्ञान, १ दलित
९ जाल्पा मा.वि. देवल बझाङ डिप्लोमा ईन बाली विज्ञान, २ जनजाती(ख,ग)
१० वैजनाथ मा.वि. महेन्द्रनगर कन्चनपुर, डिप्लोमा ईन वालि विज्ञान, १ खूल्ला
११ लटिनाथ मा.बि. रिठाचौपाता दार्चुला, डिप्लोमा वाली विज्ञान, १ दलित
१२ चनैराज मा.बि. दोगडाकेदार बैतडी, डिप्लोमा वालि विज्ञान, १ अन्य महिला
१३ सरस्वति मा.बि. लम्कीचुहा कैलाली, डिप्लोमा सिभिल, १ खुल्ला
१४ जनकल्याण मा.बि. साफेबगर अछाम, डिप्लोमा सिभिल, २ खुल्ला
१५ सेती प्राविधिक शिक्षालय दिपायल डोटी, डिप्लोमा सिभिल, १ खुल्ला
१६ शहिद वृष बहादुर सिंह पोलि.अठाला बझाङ, डिप्लोमा सिभिल,१ खुल्ला
१७ सेती महाकाली नर्सिङ क्याम्पस कन्चनपुर, प्रमाणपत्र तह नर्सिङ, १ खुल्ला
१८ नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साईन्स धनगढी, प्रमाणपत्र नर्सिङ, १ जानजाती ख
१९ भागेश्वर एकाडमी फर हेल्थ साईन्स धनगढी, प्रमाणपत्र तह सामान्य चिकित्सा,१ खुल्ला
२० भिमदत्त पोलिटेक्निक ईन्स्टिच्यूट पाटन बैतडी, डिप्लोमा सिभिल, २ खुल्ला र मधेशी
२१ थलरा मा.बि. थलरा बझाङ, डिप्लोमा सिभिल, ३ जनजाती क, मधेशी र अन्य मधेशी समुदाय

नोट: यस सम्बन्धी बिस्तृत जानकारी र निबेदन फारमको नमूना सुदूरपश्चिम प्रदेश कार्यालयको वईभसाईट बाट डाउनलोड गर्न सकिनेछ, थप जानकारीका लागि 091412188 , 9858488047 मा सम्पर्क गर्नुहोला ।

तपाईंको प्रतिक्रिया दिनुस्