कञ्चनपुरका वडाध्यक्षले बझाङका जेहेन्दार विद्यार्थीलाई बाँडे शैक्षिक सामग्री

label डीबी विष्ट query_builder September, 11 2019

बझाङ, भदौ २५ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १ का वडाध्यक्ष आशिफ कुँवरले आफ्नो तलबको रकमबाट बझाङ जेहेन्दार र विपन्न समुदायका दश जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

बुधबार एक कार्यक्रमकाबीच बालविकास मावि गोलाइमा अध्यनरत ५ जना छात्रा र ५ जना छात्रहरुलाई दश हजार बराबरका शैक्षिक सामग्री वितरण गरेका हुन् ।

कक्षा १ देखि १० सम्म अध्यान गर्ने विपन्न, गरीब तथा जेहेन्दार ५ जना छात्रा र ५ जना छात्र गरी १० जनालाई कापी कलमका साथै ज्यामेट्रीक बक्सलगायतका शैक्षिक समग्री हस्तान्त्रण गरेको विद्यालयका शिक्षक रमेशप्रकाश उपाध्यायले बताए ।

वडाध्यक्षका भाई आशिष कुँवर र डाक्टर नम्रता भट्टले विद्यालयमा नै पुगेर दशै जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्त्रण गरेको शिक्षक उपाध्यायले बताए । साथै वडा अध्यक्ष कुँवरको तलबबाट आएको रकमले विद्यालयमा अध्यनरत छात्रा छात्रका लागि खेलकुदका सामग्रीहरु समेत हस्तान्त्रण गरेको बताए ।

जेहेन्दार विद्यार्थीहरुलाई पढाईमा थप हौसला प्रदान गर्न र उनिहरुको शैक्षिक गुणस्तर उकास्ने उदेश्यले उक्त सामाग्रीहरु वितरण गरिएको हो । उक्त विद्यालयमा ११९ छात्र, १६३ छात्रा र ८७ दलित समुदायका बालबालिकाहरु अध्यनरत छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्