वन उपभोक्ता समितिको अध्यक्ष द्वारा आर्थिक हिनामिना

label समाचार प्रकाशक query_builder September, 11 2019

टेकेन्द्र सिह धामी/ बैतडी,सिगास-भाद्र २५।
परापुर्व कालदेखी चलन भोग गर्दै आएको जिल्ला बैतडी सिगास गाउपालिका वार्ड न.१ साबिकको वार्ड न.९ स्थित कालापातल सुमरखाल सामुदायिक वनको नँया समिती चयन भएको हो।
मिति २ हजार ७६साल ३ महिना २५ गतेको आम भेलामा बसेको बैठकले केशब सिह धामीको अध्यक्षता नौ जनाको समिती चयन गरे संगै कुनै कागजात फेला नपारेको पाइएको छ । आर्थिक हिनामिना भएको हुदा पुर्व समितिका अध्यक्ष मोहन भुलको समितिलाइ १५दिन भित्रको म्याद थपी आयब्यय बुझ बुझारत गर्ने भनेता पनि उक्त अध्यक्षले तीन महिना बितिसक्दा पनि कुनै कागजात बुजबुजारत नगरेको पाइएको छ।केशब सिह धामिकै अध्यक्षतामा पटकपटक बैठक बसि निर्णय गरि सुचित गरिएता पनि पुर्व समितिका अध्यक्षले आनाकानी गरि बुझ बुजारत नगरेको एक जना सम्बन्धी समितिका जानकार ब्यक्ति र त्यहाका बन केही उपभोक्ताले बताउनु भएको छ।
उक्त सामुदायिक बनको चार किल्ला भित्र नया बनेको घर टहरा,टेक्स,काट बाट उठेको रकम ,खोटो संकलन र सामुदायिक बन भित्र भएको अतिक्रमण तथा अन्य विवरण बाट आएको आयब्यय खुलस्त न पाइएको जानकार ब्यक्तिको भनाइ रहेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्