बालिकाको बगेर मृत्यु

label समाचार प्रकाशक query_builder September, 11 2019

बैतडी,भदौ-२५ ।
बैतडीको डिलाशैनी गाउँपालिकामा रहेको गन्नीगाड खोलामा बगेर बेपत्ता भएकी एक बालिका बुधवार चमेलिया नदीमा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा डिलाशैनी गाउँपालिका २ अमरखेतकी १० बर्षीया सोबी घरेडी रहेकी सीमार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वीर सिंह चैसिरले जानकारी दिनुभयो ।
मंगलवार दिउँसो गन्नीगाड खोलामा पौडी खेल्न गएकी सोबीलाई खोलाले बगाएको थियो । गन्नीगाड खोलाले बगाएर बेपत्ता बालिकाको खोजी गर्दै जाँदा बुधवार बेलुका ६ बजे डिलाशैनी गाउँपालिका छेपट्टा नजिक चमेलिया नदी किनारमा मृत फेला परेकी हुन् ।
मृतक बालिकाको शव परिक्षणको लागी गोकुलेश्वर अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्