जानकारी लिनुहोस् आजको मौसमी विवरण, देशभर गर्मी बढे सँगै सतर्क रहन आग्रह

Attariya Hospital new

काठमाडौं:

गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक  बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको महाशाखाको भनाइ छ ।

Contact Us mid side post
bishan shut house
Nabajiwan add

हाल भैरहवामा सबैभन्दा उच्च अधिकतम तापक्रम रहेको छ । त्यहाँको तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको छ । यता नेपालगञ्जको तापक्रम पनि ३९.५ डिग्री सेल्सियस पुगेको छ । धनगढीको तापक्रम ३८.९ डिग्री सेल्सियस पुग्दा जनकपुरको तापक्रम पनि ३८.८ डिग्री सेल्सियस पुगेको छ । सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। बुधबार पनि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यता नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो ।

royal shot house
godawari 11
Loading...