बाजुराकाे औलो प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गरिने

Attariya Hospital new

बाजुरा, माघ ५ । बाजुराको बूढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकाका औलो प्रभावित क्षेत्रमा किटनाशक झुल वितरण गरिने भएको छ । महामारीका रुपमा औलोको प्रकोप फैलिनसक्ने भएकाले नौ हजार ९ सय झुल वितरण गर्न लागिएको हो ।

मौसम परिवर्तनका कारण लामखुट्टेले टोक्नेक्रम बढिरहेको र गाउँमा औलोको संक्रमण देखिन थालेकाले पूर्वसावधानीका लागि झुल वितरण गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

Contact Us mid side post
bishan shut house
Nabajiwan add

किटनाशक एलएलआइएन नामक झुल जिल्लाको बूढीनन्दा नगरपालिका–१ देखि ७ सम्म र हिमाली गाउँपालिकाको वडा नं ६ मा वितरण गर्न लागिएको डा विश्वकर्माले बताए । उक्त नगरपालिकाको १ देखि ७ वडासम्मका लागि सात हजार ६ सय ५० र हिमाली गाउँपालिकाको वडा नं ६ मा दुई हजार २ सय ५० झुल वितरण गर्न लागिएको हो ।

तीन वर्षसम्म लामखुट्टेको टोकाइबाट हुने संक्रमण कम गर्न झुलले मद्दत गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । किटनाशक एलएलआइएन झुल नेपाल सरकारले लाइफ टाइम नेपालको प्राविधिक सहयोगमा वितरण गर्ने फिल्ड सुपर भाइजर चन्द्रमणि सुनारले बताए ।

  • रासस
royal shot house
godawari 11
Loading...