जातीय विभेद अन्त्य गर्ने वनारसी जात्रा: दलित पुजारी–गैरदलित श्रद्धालु

Image
Nisarga Hospital

बैतडी: बैतडीको पाटन नगरपालिका ३ गुजरमा रहेकाे प्रसिद्ध वनारसी धाममा लाग्ने जात्रालाई जातीय विभेद अन्त्य गर्ने रूपमा लिइन्छ । हरेक बर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा दलित पुजारी हुने गर्दछ र गैरदलितले दलित पुजारीबाट टिकाप्रसाद ग्रहण गर्ने गर्दछन्।

CP Hospital Dhangadhi

जातीय सद्भाव देखाउँदै यहाँको धार्मिक आस्था केन्द्र बनारसी मन्दिरमा दलित पुजारीबाट प्रसाद लिने परम्परा छ ।
धार्मिक सहिष्णुताको नमुना बनेको यो मन्दिरमा दलितले पूजा गरेपछि मात्रै देउता खुसी हुने विश्वास छ ।

जात्रामा आउने गैरदलितले पनि टीका प्रसाद ग्रहण गर्ने गरेका मन्दिरका मूल पुजारी झेरे लुहारले बताउनुभयाे। उहाँले भन्नुभयाे,”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यो मन्दिरमा सबै समुदायका दर्शनार्थीहरु जाने र दलित समुदायका पूजारीबाट प्रसाद ग्रहण गर्ने प्रचलन रहिआएको श्री बनारसी धाम विश्वनाथ सेवा समाजका धार्मिक प्रवक्ता गणेशप्रसाद पन्तले जानकारी दिनुभयो । दलित समुदायका पूजारी रहेको याे मन्दिरमा हरेक समुदायका नागरिकले सहभागिता जनाउने गर्दछन् । उहाँले भन्नुभयो,” वनारसी जात्रा जातीय विभेद अन्त्य गर्नेका रूपमा लिने गरेका छाै। यहाँ दलित र गैरदलितबीच कुनै पनि विभेद हुदैन।”

वनारसी धामको जात्रा जातीय विभेद अन्त्यका लागि सन्देश दिने जात्रा भएको दलित अधिकारकर्मी रमेश कोलीले बताउनुभयाे। दलित पुजारी हुने मन्दिरमा ब्राह्मण र अन्य थरकाले अनिवार्य सहभागी हुने परम्परा छ ।

उहाँले भन्नुभयाे,” गैरदलितले निर्धक्कसँग पूजा सामग्री चढाएर प्रसाद लिन्छन्, लामाे समयदेखि दलितमाथि विभेद हुने गरेकाे थियाे तर याे जात्रा विभेद अन्त्यकाे सन्देशका रूपमा लिन सकिन्छ ।”
वनारसी धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ ।जात्रामा हजारौं दर्शनार्थीहरुले वनारसी धामको दर्शन गर्ने गरेका छन्।मनोकामना पूरा हुने विश्वासले छिमेकी जिल्लाबाट समेत पूजापाठका लागि आउने भक्तजन मन्दिर पुग्ने गरेका छन् ।
माघमा ठूलो पूजा लागे पनि अन्य बेलामा समेत पूजा गर्ने र बलि दिनेको संख्या उल्लेख्य हुने गरेको छ।

यस्ताे छ इतिहास:-

परापूर्वकालमा खोपरे नामको राक्षसलाई वनारसी देवताले मारेको किम्बदन्ती अनुसार वनारसीलाई शक्तिशाली देवताको रुपमा लिने गरिएको छ।

यसैबीच वनारसी धामलाई विश्वनाथ धामको रुपमा विकास गर्ने काम समेत शुरु भएको छ।
वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्गको रुपमा रहेको धार्मिक प्रवक्ता पन्तले बताउनुभयो । मानसखण्ड पूराणमा सरयु नदीको किनारमा विश्वनाथ ज्योतिर्लिङ्ग अवस्थित रहेको कुरा उल्लेख भएको र पौराणि सरयु अर्थात सुर्नया नदीको किनारमा रहेको वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्ग भएको उहाँको भनाई छ।

यसका साथै राजपरिवारबाट पनि मान्यता प्राप्त भएकाे बताइन्छ । तत्कालीन राजा महेन्द्रकाे पालामा पुजा खर्च दिने गरेकाे र पश्चिम सवारी भएकाे बेला ३ दिनसम्म साेहि ठाउमा लघुरुद्राभसषेक र नवचण्डी पाठ प्रायण गरेकाे पन्तले बताउनुभयो ।

Dhnagadhi & Krishanapur