
रमेश बहादुर सिंह/ बझाङ: बझाङ जिल्ला पत्रकार महासंघ का उपाध्यक्ष सम्राट सिंहले जग्गा खरिद गर्ने को लागि आज बालमन्दिर आधारभूत बिधालय लाई पचास पास सय पच्पन्न रुपमा आर्थिक सहयोग गरेका छन्। सिंहले बाल्यकाल अध्ययन गरेको बिधालय लाई आज आर्थिक सहयोग गर्ने पाउदा आफु निकै खुसि भएको बताए।

लामो समय देखि जिल्ला मा बसेर पत्रकारीता गरिरहनु भएका सिंहले अहिले निमार्ण ब्यबसायिक समेत रहेका छन्। पत्रकारीता पेसा सगै समाज सेवी मा पनि सिंह निरन्तर सक्रियता देखाउँदै आएका छन। बझाङ जिल्लामा गएको भुकम्पले भत्काएको बिधालय को भवन निर्माण गर्न सिहले आफुले सक्दो सहयोग गरेको बताए। आपनो बुबा आमाको मन शान्ति गर्ने र आफुले अ आ क ख पढेको बिधालय लाई आज आपनो बुबा को हात बाट आर्थिक सहयोग गर्ने पाउदा आफु निकै भावुक भएको उहाले जानकारी दिनुभयो।
युवा वर्गका लोकप्रिय समाजसेवी सिहले यो भन्दा पहिला पनि धेरै ठाउँहरूमा आर्थिक सहयोग गरेका छन्। यो बिधालयमा अहिले छ सय भन्दा बढि बिधार्थी रहेका बिधालयका प्रअ टेक बहादुर सिंह ले बताए जिल्लाका विभिन्न पालिका बाट यस बिधालय अध्ययन गर्न बिधार्थी आउने गरेका छन्।यो बिधालयमा बिधार्थी को संस्ख्या धेरै भएकाले जग्गा को आवश्यकता रहेकाले अहिले बिधालय बाट सहयोग को अपिल गरेर सहयोग संकलन अभियान गरिरहेका छौँ र अब छिट्टै जग्गा खरिद गरेर बिधालय निर्माण गर्न बिधालय ब्यबस्थापन समितीका अध्यक्ष दल बहादुर बिष्ट ले बताएका छन्।
































