
बझाङः ११४ औँ अन्तराष्टिय नारी दिबसको अबसरमा बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगीता बालबिकास माबीमा सम्पन्न भएको छ । बालबिकास माध्यामिक बिद्यालयको आयोजना, जयपृथ्बी नगरपालिका र प्रगतीशिल युवा समाज र वल्र्डभिजनको समन्वय सहकार्यमा उक्त प्रतियोगीता गरीएको हो । नेपालमा यस वर्ष ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रिय नारा ‘महिलामा लगानी ः सभ्य र सम्मुनत समाजको थालनी’ भन्ने कायम गरिएको छ सोहि नारामा रहेर बक्तृत्वकला गरीएको हो ।

उक्त प्रतियोगितामा बालबिकास माबिमा कक्षा ९ मा अध्ययनरत छात्र ललित ओखेडा प्रथम, कक्षा ८ मा अध्ययनरत छात्रा प्रेङका खाती द्धितीय,, कक्षा १० मा अध्यनरत छात्र आषिश उपाध्याय तृतीय र कक्षा १० मा अध्यनरत छात्रा पुजा उपाध्याय शान्त्वना हुनुभएको छ । प्रथम ,द्धितीय,तृतीय र शान्त्वना हुने लाइ प्रमाणपत्र सहित पुरस्कार बितरण गरीएको थियो ।


बिद्यालया प्रध्यानाध्यापक केश बहादुर खातीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी जयपृथ्बी नगरपालिका महिला तथा बालबालिका शाखा कर्मचारी शारदा जोशी रहनुभएको थियो भने बिशिष्ट अतिथी प्रगतीशिल युवासमाजका फिल्ड अधिकृत उमेश बिष्ट रहनुभएको थियो ।

कायृक्रममा बोल्ने बक्ताहरुले बिद्यालयमा हुने यस्ता प्रतियोगीताले बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न सहयोग पुग्ने बताएका छन् । साथै बिद्यार्थीहरुको क्षमता केहि कमजोर देखिएकाले अझै क्षमता बृद्धि गर्न शुक्रबारे कार्यक्रममा यस्ता प्रतियोगिता गर्न आवश्यक रहेको सुझाब समेत दिइएको थियो । कार्यक्रमको सञ्चालन बिद्यालय कबिराज जोशीले गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।


































