
अत्तरियाः कैलालीको गोदावरी धाममा सरसफाई गरीएको छ । बिहिवार 3DVL Creation र हाम्रो सस्कृती हाम्रो पहिचान नेपालको सहकार्यमा युवा अभियन्ताहरुले महाशिवरात्रीको अवसर पार्दै गोदावरी धाम मन्दिर वरपर सरसफाई गरेको हो ।

पवित्र मन्दिरमा दर्शनार्थीलाई दर्शनका लागि सहज होस र सबैको मनोकामना पवित्र मनले पुरा होस भन्ने कामना राख्दै सामाजिक काममा लागेको 3DVL Creation का अध्यक्ष एल आर ओझाले जानकारी दिए । गोदाबरी धाम क्षेत्रमा सरसफाइ गरेसंगै अब दर्शनार्थीहरुलाई सहज भएको छ ।

































