
इंडियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लखनऊ सुपर जाएन्ट्सले मुम्बई इंडियन्सलाई ४ विकेटले पराजित गरेको छ। मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेटायो। लखनऊको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए। यस्तै कप्तान केएल राहुलले २२ बलमा २८ रन जोडे। दीपक हुड्डाले १८ रन बनाए। निकोलास पुरन १४ रनमा नटआउट रहे।

लखनउको जितका लागि मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए। ४५ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे। कप्तान केएल राहुल २८ र दिपक होडा १८ आउट हुँदा निकोलस पूरनले नटआउट १४ रन जोडे।
मुम्बईका लागि हार्दिक पाण्डेयले २६ रन खर्चिएर दुई विकेट लिए भने नुवान तुषारा, जिराल्ड कट्टेज र मोहम्मद नाबीले एकएक विकेट हात पारे।




सुरुमा ब्याटिङ गरेको मुम्बईका नेहाल वढेराले सर्वाधिक ४६ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।




































