नेपाल बिरुद्ध वेस्ट इण्डिज ए को क्रिकेट खेलमा नेपालको सान्तोना जित, सिरिजमा ३-२ मा सिमित

Image
Photo - CAN
Nisarga Hospital

मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

CP Hospital Dhangadhi

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए ।

सिरिजको यसअघिका खेलमा अनिलको प्रस्तुत सन्तोषजनक हुन सकेको थिएन। आजको खेलमा भने उनले टिमलाई जिततर्फ उन्मुख गराए।

nawajiwan
Attariya Hospital

त्यसअघि ओपनर आशिफ शेख पनि अर्धशतक पूरा गरी आउट भएका थिए। अनिल साहको विकेटपछि दीपेन्द्रसिंह ऐरी ब्याटिङमा आएका छन्।