स्थानिय स्तरमै रक्सीको ब्रान्डिङ गर्नु पर्छ – राष्ट्रिय सभा सांसद मिश्र

Image
Nisarga Hospital

अत्तरिया: “स्थानिय स्तरमै उत्पादन हुने रक्सीलाई ब्रान्डिङ गरी आर्थिक सम्भावनाको द्वार खोल्न सकिन्छ,” राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्रले धनगढीमा आयोजित समन्वय बैठकमा बताएका छन्। संघीयता सुदृढ गर्दै प्रदेश र स्थानीय तहबीच समन्वय र साझेदारी गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा मिश्रले  स्थानीय तहको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।

CP Hospital Dhangadhi
oplus_131074

उनले भने, “स्थानिय तहलाई अधिकार सम्पन्न बनाउने हो भने, त्यहाँ उत्पादन हुने वस्तुहरूको संरक्षण र प्रवर्द्धनमा कानुनी प्रष्टता आवश्यक छ। कैलाली लगायतका जिल्लामा उत्पादन हुने लोकल ब्रान्डका रक्सीलाई स्थानिय तहमै ब्रान्डिङ गर्ने र कानुनीरुपमा यसको आधार तय गर्ने तयारीमा हामी छौं।”

nawajiwan
oplus_131074

मिस्रले स्थानिय तहमा जग्गा नापजाँचदेखि पुर्जा वितरणसम्मका कामहरू अधिकारसहित सम्पन्न हुनेगरी कानुन संशोधनको प्रस्ताव पनि राष्ट्रिय सभामा पेश गरिने बताए। उनले संघीयताको मर्म अनुसार स्थानीय सरकारलाई स्वायत्तता दिन अझै समस्या देखिएको टिप्पणी गर्दै, “संघीयता साँझ साझा बनाउने अभियानमा हामी लागि परेका छौं।”

oplus_131074

धनगढीको पौवा होटलमा सम्पन्न उक्त अन्तरक्रिया तथा समन्वय कार्यक्रममा कैलाली र कञ्चनपुरका प्रमुख नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो। नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशका संयोजक बिरेन्द्र भट्टको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहको अधिकार, संघीय सन्तुलन र समन्वयलाई केन्द्रमा राखेर विस्तृत छलफल गरिएको थियो।

Attariya Hospital
oplus_131074

कार्यक्रममा मिश्रले स्थानिय उत्पादनलाई संरक्षण गर्दै आर्थिक सशक्तिकरणतर्फ ध्यान दिनुपर्ने धारणा राखे। कैलाली जिल्लामा विभिन्न जातीय र सांस्कृतिक आधारमा उत्पादन हुने घरेलु रक्सीहरुलाई उचित ब्रान्डिङ र कानुनी स्वरूप दिने हो भने, यसले रोजगारी र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पार्न सक्ने सम्भावना रहेको उनको तर्क थियो।

oplus_131074

यस प्रकारका छलफलहरूले संघीयतालाई व्यवहारिक बनाउने र स्थानीय सरकारलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमका समस्या समाधानका लागि समन्वय आवश्यक छ : नगर प्रमुख भट्ट

संघीयताको सफल कार्यान्वयनका लागि समन्वय अपरिहार्य : धनगढीमा राष्ट्रिय सभाका सांसदसँग स्थानीय तहको अन्तरक्रिया